बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब, रियल दोस्रो स्थानमा

काठमाडौं ।  स्पेनिस क्लब बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बन्न सफल भएको छ । डेलोइट फुटबल मनी लिगले गरेको सर्वेक्षणमा बार्सिलोना सर्वाधिक कमाई गर्ने क्लब बनेको हो ।

बार्सिलोनाको सन् २०१८ र १९ को सिजनको कमाई ७४१.१ मिलियन पाउण्ड रहेको छ । बार्सिलोना पहिलो पटक सर्वाधिक कमाउने क्लब बनेको हो ।

यस्तै स्पेनिस क्लब रियल मड्रिड दोस्रो स्थानमा रहेको छ । रियलको कमाई ६६७.५ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड रहेको छ । युनाइटेडको कमाई ६२७.१ मिलियन पाउण्ड रहेको छ ।

चौंथो स्थानको वायर्न म्युनिखको ५८१.८ मिलियन पाउण्ड रहदा पाँचौं स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) को ५६०.५ मिलियन पाउण्ड रहेको छ ।

यस्तै छैटौं स्थानमा म्यानचेस्टर सिटी, सातौं स्थानमा लिभरपुल, आठौं स्थानमा टोटेनहम, नवौं स्थानमा चेल्सी र दशौँ स्थानमा युभेन्ट्स रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?