मदिरा पिएर ट्वीट नगर्न ट्विटरको यस्तो चेतावनी !

काठमाडौं । मदिरा पिएर सवारी साधन नचलाउन ‘डन्ट ड्रिंक एण्ड ड्राइभ’ भन्ने नारा हामीले सुनेका नै छौँ । तर मदिरा पिएर नशामा अनेक ट्विट गर्नबाट मानिसलाई रोक्नको लागि ट्विटरले एक अनौठो तरिका अपनाएको छ ।

ट्विटरले आफ्नो युजर्सलाई ‘डन्ट ड्रिंक एण्ड ट्विट’ भनेर म्यासेज पठाएको छ । ट्विटरको यो नारालाई युजर्सहरुले राम्रो ‘रियाक्सन’ दिइरहेका छन् ।

ट्विटरले आफ्ना युजर्सहरुलाई ‘डन्ट ड्रिंक एण्ड ट्विट’ भन्दै एक चेतावनी दिएको छ । ट्विटरले युजर्सहरुसँग नशामा भएको बेला गलत प्रकारका ट्विट नगर्न चेतावनी दिएको हो ।

११ जनवरीमा ट्विटरले गरेको यो म्यासेजलाई युजर्सहरुले ट्रोल बनाइरहेका छन् । कसैले भने अब घरमा पनि अल्कोहलबाट टाढा हुनुपर्ने भयो भनेर ट्विटरको यो पोस्टलाई मजाक उडाएका छन् ।

कसैले भने ट्विटरले गरेको यो पोस्टमा डोनाल्ट ट्रम्पको फोटो पोस्ट गर्दै सोच्नु पर्ने भएको बताएका छन् । ट्विटरले गरेको यो पोस्टमा अहिलेसम्म १ लाख ५ हजार रिट्विट भएको छ भने ३ लाख ९४ हजार जनाले लाइक तथा १ लाख ५ हजार जनाले कमेन्ट गरिसकेका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?