त्यो प्रकरण जसले बढायो दीपिका र विज्ञापन कम्पनीबीचको दूरी

काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोण दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) गएपछि हंगामा मच्चिएको छ ।

उनी जेएनयूमा चलिरहेको विरोध प्रदर्शनमा छात्राहरूलाई समर्थन गर्न गएकी थिइन्। प्रदर्शनमा दीपिकाको सहभागी भएपछि उनको विरोध तथा समर्थन दुवै भएको छ।

सामाजिक सञ्जालमा दीपिकाको हालै प्रदर्शनमा आउँदै गरेको चलचित्र ‘छपाक’ लाई प्रतिबन्ध लगाउनुपर्ने समेत आवाज उठेको थियो । दीपिका उक्त कार्यक्रममा सहभागी भएपछि उनीमाथि कांग्रेस भएको आरोप लागेको छ।

दीपिका विवादमा आएपछि विज्ञापन कम्पनी पनि डराउन थालेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार उनी विज्ञापन तथा फिल्मको लागि धेरै चार्ज लिने अभिनेत्रीभित्र पर्छिन्।

कोका–कोला तथा एमेजन जस्ता रिप्रेजेन्ट गर्नेवाला मीडियाब्राण्डका चिफ एक्जिक्युटिभ शशि सिन्हाले आफ्नो ब्राण्डहरू सामान्य तरिकाले चल्ने तर, कुनै विवादमा फस्न नचाहने बताएकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?