तपाईको आजको दिन कस्तो रहनेछ ? राशिफल हेर्नुहोस्

काठमाडौं । आज मिति २०७६ साल पुष महिनाको २९ गते मंगलबार । इस्वी संवत।२०२० जनवरी १४ तारिक । शकसंवत् १९४१ । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । ने.सं. ११४० थिंलागा । माघ कृष्णपक्ष । तिथी– चतुर्थी,१८ बजेर ९ मिनेट उप्रान्त पंचमी । नक्षत्र– मघा,११ बजेर १७ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग– आयुष्मान,०७ बजेर २५ मिनेट उप्रान्त सौभाग्य । करण– बव, ७ बजेर १६ मिनेट उप्रान्त बालव,१८ बजेर ९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा काल योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय ६ बजेर ५७ मिनेटमा, सूर्यास्त १७ बजेर २७ मिनेटमा । दिनमान २६ घडी १४ पला । मंगल चौथी। काशीमा बडागणेश उत्सव। पौष मसान्त ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउँन सकिनेछ । शिक्षा क्षेत्रमा लगानी गरि मनग्ये धन आर्जन गर्न सकिनेछ । भौतिक तथा विलाशी सम्पत्ति उपाहारको रुपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउँनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीतिज्ञ तथा समाजसेवीका लागि समय मध्यम रहेपनि कृषक तथा जागिर गर्नेहरुका लागि समय उत्तम रहेको छ । घरजग्गा तथा सवारी साधन सम्बन्धि विवादमा सामेल नहुनुहोला । अध्ययनमा मन नजाँदा अरुनै हावी हुनेछन् । स्वास्थ्यमा समस्या आउँनाले दैनिक काम प्रभावित हुनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्यम रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त,छिमेकी तथा दाजुभाईसँग घरायसी कुरामा राय बाजिनेछ । छोटो तथा लामो दूरीको यात्रा गर्दा ध्यान दिनुहोला यात्रा कष्टकर पनि हुन सक्छ । आँट, शाहस तथा पराक्रम गर्न नसक्दा आतमा आईसकेको काम अरुकै हातमा पर्नेछ । विवाद तथा न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने छैनन् । प्रेममा मनमुटाव तथा धोका हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वन्द व्यापारमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानी गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ, भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरी आउने समस्याहरु सहजै समाधान हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजसेवा तथा राजनीतिमा समय व्यतित गर्नेहरुका लागि समय मध्यम रहेकोले समर्थन भन्दा आलोचना सहनु पर्नेछ । व्यापारमा मन्दि आउँने तथा खर्च धान्न अलि गाह्रो पर्नेछ । तर पनि सुचना प्रविधिको प्रयोग मार्फत राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । अध्ययनकै सिलसिलामा यात्रा गर्न सकिनेछ तथा अलि बढी समय दिए राम्रो नतिजा हात पार्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा अविश्वास बढ्ने तथा परिवारका अग्रज व्यक्तित्वसँग राय बाजिनेछ । तर पनि विदेशी सामानको व्यापार व्यवसायबाट मनग्ये धन आर्जन गर्न सकिनेछ । लामो दूरीको विदेश यात्राको योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नेछ । परिवारका ईच्छा, आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैत्रिक धन तथा सञ्चित धनको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरुका लागि समय उत्तम रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए पनि आम्दानी कमै हुँनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेको छ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुस हुनेछ भने आफन्तहरु टाढिने हुँदा मन खिन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे्र) सामाजिक तथा धार्मिक काममा अभिरुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ सिलसिलामा लामो दूरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सोनो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईको सम्मानजनक उपस्थिती रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा दिदिबहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । समय तथा परिस्थिती अनुसार नचल्नाले दुख पाईनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारको सिलसिलामा लामो दूरीको यात्राको अधिक सम्भावना रहेको छ, भने व्यावसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । अध्ययन, लेखन, कलासाहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विस्वासको वातावरण बढ्नेछ । भौतिक साधनहरु जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्ये धन आर्जन गर्न सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ख्याल गर्नुहोला । व्यापारमा लगानी गर्दा ध्यान दिनुहोला आज गरिने व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । विवाद तथा प्रतिस्पर्धामा सामेल नहुनुहोला । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

तपाईको दिन शुभ रहोस् ।
ज्यो. दुर्गा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?