८ सय बच्चाको पिता बन्यो डिएगो

appharu
0
Shares

काठमाडौं । सय वर्षको एक कछुवाले आफ्नो प्रजातिलाई लोप हुनबाट बँचाएको छ । डिएगो चेलोनोएडिस हुडेनसिस नामक प्रजातिको अस्तित्वमाथि लोप हुने खतरा बढ्दै गएको हो । यो अवस्थामा लगभग ८० किलो तौल भएको डिएगोले महत्वपुर्ण उपलब्धि हाँसिल गरेको छ ।

डिएगो नामक एक कछुवाले एउटा दुईटा मात्र होइन, ८ सय कछुवाहरुलाई जन्म दिएको छ । ५० वर्ष पहिला यो प्रजातिको कछुवा जम्मा १४ वटा मात्र थिए ।

डिएगो कूल ८ सय बच्चाको पिता हो । डिएगोले लोप हुन लागेको आफ्नो प्रजातिको वृद्धि गरेको छ ।

डिएगो नामको यो कछुवाको ब्रीडिङ सेन्टर सेन्टाक्रुज आइसल्याण्डमा रहेको छ । गालापोलास नेस्टनल पार्कमा यिनीहरुको बासस्थान थियो ।

सन् १९६५ मा लोपोन्मुख १४ कछुवालाई अन्य कछुवाका साथ केप्टिव ब्रीडिङ प्रोगामका लागि दक्षिण क्यालिफोर्निया स्थित सानता क्रुज आइल्याण्ड चिडियाघरमा ल्याइएको थियो ।

त्यहाँ लगिएपछि उक्त प्रजातिको कछुवा २ हजारले वृद्धि भएको थियो । यसमध्ये ४० प्रतिशत कछुवाको वृद्धि डिएगोले गरेको छ ।

लगभग ५ दशकसम्म प्रजाति बढाउनमा लागिपरेपछि डिएगोलाई उसको आफ्नै घर प्रशान्त महासागर पठाइने छ । डिएगो अब रिटायर्ड भएर आफ्नो घर एस्पानोला जाँदैछ ।

एस्पानोलामा लगभग १८ सय कछुवा फिर्ता पठाइएको छ । गैलापागोस द्वीप समूह वन्यजीवहरु देख्नको लागि विश्वकै सबैभन्दा प्रमुख स्थल मानिन्छ । जो आफैमा एकदमै राम्रो ठाउँमा पर्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?