इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताबीच हानाहान, यस्तो छ कारण

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका लगानीकर्ताबिच हानाहान भएको छ । बैंकको पौष २८ गते सोमबार बार्षिक साधारणसभा गरेको थियो । उक्त सभामा बोल्ने क्रममा दुई लगानीकर्ताबीच हात हालाहाल भएको हो ।

बैंकका लगानीकर्ता चन्दननारायण श्रेष्ठ र शिवप्रसाद पौडेलबीच हात हालाहाल भएको हो । उनीहरुले लाभांश तथा खर्चबारे बहस भएको थियो । यसैक्रममा शिवप्रसाद श्रेष्ठले बैंक स्थापनाको ३३ वर्ष पुगेको अवसरमा लगानीकर्ताले ३३ प्रतिशत नै लाभांश पाउनुपर्ने आशा गरेका थिए । तर बैंकले नदिएकाले उनले असन्तुष्ट व्यक्त गरेका थिए । यसैक्रममा बोल्दै उनले इनभेष्टमेन्ट भन्दा बरु एन आईसी एशिया नै राम्रो छ भन्ने धारणा व्यक्त गरेका थिए । त्यसैक्रममा पौडेलले उनलाई अलि कम बोल्न सुझाएका थिए ।

त्यसैक्रममा श्रेष्ठले ठिमीलेली अब कम बोल्छु भन्दै मञ्चबाट तल झरेका थिए । तर पौडेलले ठिमीलेली भन्दै ठिमीका मानिसहरुलाई हेपेको भन्दै श्रेष्ठमाथि हातपात समेत गरेका थिए ।

त्यस्तै पौडेलले भने बैंकले अर्काे वर्ष ४० प्रतिशत लाभांश दिन आग्रह गर्दै लगानी गर्दा सचेत समेत गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?