सिआईबी प्रहरी हौँ भन्दै ठगी गर्ने २ जना पक्राउ

झापा । झापाको बाह्रदशी गाउँपालिका–३ स्थित राजगढ बजारबाट सिआईबी प्रहरी हौँ भन्दै ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो साढे १२ बजेको समयमा गौरीगंञ्ज गाउँपालिका–१ बस्ने वर्ष २८ को पर्शुराम महत्तो र सोही गाउँपालिका–३ बस्ने वर्ष २० को जिवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले आफुहरु १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआईबी प्रहरी भएको भन्दै बाह्रदशी गाउँपालिका–४ चकचकी बस्ने स्थानिय व्यापारी अरफाक आलमसँग ७ हजार रुपैया असुली गरेका थिए ।

घटनाबारेमा स्थानीयलाई शंका लागेपछि ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्‍याएको छ । उनीहरुमाथि अनुसन्धान कार्यसुरु भइसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?