काठमाडौं । युरोप पठाइदिन्छु भनेर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ जनालाई युरोप लगिदिन्छु भनी ठगेको उजुरीको आधारमा स्वामी शिवानन्द बाबा भनिने दिपक भण्डारीलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनले युरोप पठाइदिने भनेर ४ जनासँग ३० लाख रुपैयाँ लिएका थिए । भण्डारीले युरोपका विभिन्न ठाउँका तस्वीर देखाउँदै युरोप पठाइदिन्छु भनेर ठगी गरेका उजुरी परेपछि पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया