टाटा मोटर्सको कार मेला बिर्तामोडमा, पुरानोसँग नयाँ गाडी साट्न सकिने

काठमाडौं । टाटा मोटर्सले बिर्तामोडमा कार मेला सुरु गरेको छ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक विक्रेता अलस्का अटोमोबाइल्स प्रा लि को सहकार्यमा कार मेला शुरु गरेको छ ।

उक्त मेलामा ग्राहकहरुले एकै स्थानबाट टाटा मोटर्सका गाडीहरु खरिद विक्रीमा सहुलियत एवं विभिन्न सुविधाहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । मेला मार्फत ग्राहकहरुले पुराना गाडीसँग नयाँ गाडी समेत साट्न सकिने सुविधा रहेको छ । त्यतिमात्र नभएर मेलामा ग्राहकहरुले अन द स्पोर्ट फाइनान्सिङ्ग का साथै पुरानो गाडीको उच्च मुल्यांकन र एक्सचेन्ज लोयल्टी बोनस जस्ता सेवा सुविधा समेत रहेको छ । मेलामा निशुल्क प्रवेश, फाइनान्सिङ्ग, पुरानो गाडीको उत्कृष्ट मुल्यांकन र एक्सचेन्ज लोयल्टी बोनश फोटो सुट, नेल आर्ट, फेस पेन्टिङ्ग तथा स्वादिष्ट परिकारहरु मेलाका प्रमुख आकर्षणका रुपमा रहेको छ ।

उक्त मेला पौष २७ गतेबाट शुरु भएको छ भने २८ गते सम्पन्न हुने छ । उक्त कार मेला बिर्तामोड स्थित अलस्का अटोमोबाइल्स टाटा शोरुममा बिहान ११ बजे देखि साझ ७ बजे सम्म खुला रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?