पिसाब थामेर बस्नुहुन्छ ? सावधान गुम्न सक्छ ‘पिसाब लागेको थाहा पाउने चेतना’

काठमाडौं – पिसाब थामेर बस्ने बानी छ ? बाहिर चिसो छ केहिबेरमा जाउँला भनेर अटेर गर्नुहुन्छ भने अब तपाई होसीयार हुनुपर्छ । चिकित्सकले बताएअनुसार जब तपाईलाई पिसाब गर्न मन लाग्छ, तब गरिहाल्नुपर्छ ।

साधारण मूत्रथैलीमा करीब ४४३.६ मिलिलिटर पिसाब अटाउँछ ८ गिलास पानी बराबर १८९२. ७ मिलिलिटर हुन्छ र धेरैबेरसम्म पिसाब रोक्नाले थैली फुल्न सक्छ। हाम्रो पिसाबथैलीको स्वचालित प्रतिक्रिया संयन्त्रले थैली भरिएपछि दिमागमा सङ्केत पठाउँछ । तर यदि तपाई दिमागको आदेश मान्नुभएन भने, तपाईलाई पिसाब लागेको थाहा दिने चेतनामा कमी आउँदै जान्छ । वा क्षमता गुम्नसक्छ । त्यतिमात्रै होईन पिसाबथैलीमा संक्रमण हुनसक्छ ।

पिसाबथैली ब्याक्टेरियाहरूको घर बन्छ । त्यतिमात्रै होईन अन्य संक्रमण पनि देखा पर्छ । ब्याक्टेरियाले मृगौला सम्म सङ्क्रमण फैलाउँन सक्छ ।

धेरै बेरसम्म पिसाब थामेर बस्दा थैली भरिएर फुल्दछ र मूत्रनलीमा सङ्क्रमण हुन्छ । कसैलाई मूत्रथैलीको भित्ता सुन्निएर अत्याधिक पीडा पनि हुन सक्छ ।

के तपाईलाई पिसाब पोल्छ ? यस्तो छ कारण

मधुमेह

शरीरमा पानीको मात्रा नपुग्नु

मुत्रनलीको संक्रमण

कलेजो सम्बन्धी रोग

 मुत्रमार्गमा संक्रमण हुनु

मृगौलामा पथरी हुनु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?