यी युवतीले आँखामा ट्याटू बनाउँदा बनिन् नोक्सानी !

काठमाडौं । संसारमा कोहीलाई केहि राम्रो गरौँ भन्ने हुन्छ त कसैलाई रमाइलो गरेर समय बिताउँ भन्ने हुन्छ । कसैले समाजलाई देखाउनै भएपनि बिभिन्न कुराहरुको जबर्जस्ती प्रयोग गर्छन् त कसैले आफ्नो सौखका लागि आफ्नै शरीरको खेलवाड गर्छन् ।

त्यस्तै  घटना अष्ट्रेलियाको न्यु साउथ वेल्समा बस्ने २४ वर्षीया एम्बर ल्युकको जीवनमा पनि भएको छ ।

उनलाई आफ्नो शरिरमा ट्याटू बनाउने धेरै सौख थियो । उक्त सौखलाई पुरा गर्न उनले शरिरभरि नै २ सय ट्याटू खोपाइन् ।

एम्बरलाई ट्याटू मेकिङको दुनियामा ”ड्रेगन गर्ल” भनेर पनि चिन्ने गरिन्छ । केहि समय अगाडि मात्र उनले आफ्नो आँखामा ट्याटू बनाएर आँखाको रङ नीलो बनाउने फैसला गरेकी थिइन् ।

उनले आँखामा ट्याटू पनि बनाइन् तर उनले आँखामा बनाएको उक्त ट्याटूले उनको आँखाको शक्ति नै छिन्यो ।

उनले आँखामा ट्याटू बनाउँदा एकदमै खतरनाक हुने आफ्नो अनुभव बताएकी छिन् । उनको आँखामा ट्याटू बनाउनको लागि ४० मिनेटको समय लागेको थियो । यसपछि उनी ३ हप्तासम्म आँखा नदेख्ने भएकी थिईन् ।

आँखामा ट्याटूको इंक हाल्दा सीसाका १० वटा टुक्रा एकैपटक आँखामा हालेको जस्तो अनुभव भएको उनले बताइन् । एम्बरले अहिलेसम्म ट्याटू बनाउन २६ हजार डलर खर्च गरेकी छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?