बैंकहरुले गरे राष्ट्र बैंकको निर्देशन वेवास्ताः विद्युतिय बस सञ्चालकहरुको यस्तो आपत्ती

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतिय सवारी साधनमा लगानी गर्न दिएको निर्देशनप्रति बैंकहरुले आनाकानी गरेका छन् । राष्ट्र बैंकले काठमाडौं महानगरभित्र विद्युतिय बस सञ्चालन गर्ने सहज बनाउनका लागि क तथा ख बर्गका बैंकहरुलाई निर्देशन दिएको थियो । तर बैंकहरुले उक्त काममा वेवास्ता गरेको आरोप लगाउँदै व्यवसायीहरुले आपत्ती जनाएका छन् । महानगरभित्र सुन्दर यातायात प्रालिले विद्युतीय बस सञ्चालन गर्दै आइरहेको छ । तर बैंकहरुले विद्युतीय बस सञ्चालनमा कर्जा उपलब्ध गराउँने काममा तादरुकता नदेखाएको भन्दै एक विज्ञप्ती समेत जारी गरेको छ ।

प्रालिले विज्ञप्ती जारी गर्दै बैंकका सीईयोहरुले कर्जा उपलब्ध गराउँनको लागि आनाकानी गरेको समेत आरोप लगाएको छ ।

“इन्धनबाट सञ्चालित हुने सवारी साधनमा हुने सवारी साधनहरु संचालन गर्न जति भन्यो त्यति लोन दिन तयार हुने ति बैंकहरु विद्युतिय सार्वजनिक बसमा लगानी गर्न तथा लोन सम्बन्धी कुरा गर्न सम्म चाहेनन्”, विज्ञप्तीमा भनिएको छ ।

त्यस्तै आयातित इन्धनलाई बढवा दिनको लागि राष्ट्र बैंकसमेत भित्रभित्रै चलखेल गरिरहेको आरोप प्रालिको रहेको छ । ठुला बैंक तथा वित्तीय संस्थाहरु विद्युतीय सवारी सञ्चालनका लागि बैंकले सहयोग गर्दै सार्वजनिक कार्यक्रमहरुमा बोल्दै हिडने तर व्यवहारमा भने त्यस्तै नपाएको भन्दै आपत्ती समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?