चोर नै जर्ज बनेर अदालको फैसला सुनाएपछि…

काठमाडौं । संसारमा मानिसहरु जति राम्रा हुन्छन् त्यति नै खराब पनि । चोरहरुले बिभिन्न सामानहरु चोरेको कुरा मात्र तपाईलाई थाहा होला ।

तर कोहि चोरले दुई महिनासम्म जजको कुर्सीमा बसेर अदालको फैसला सुनाए । धनी राम मित्तल नाम गरेका भारतीय नागरिक २५ वर्षको उमेरदेखि नै चोरीलाई आफ्नो पेसा बनाएका थिए ।

पुलिसले उनलाई सन् १९६४ मा चोरीको आरोपमा पहिलो पटक समातेको थियो । अहिले उनको उमेर ८० वर्ष पुगेको छ । तर कसैलाई पनि उनी कहाँ छन् भन्ने कुरा थाहा छैन ।

चोरीको इतिहासमा उनी एक मात्र यस्ता व्यक्ति हुन् जसलाई सबैभन्दा धेरै पटक गिरफ्तार गरिएको छ । उनालाई चोरी गरिरहेको बेला सन् २०१६ मा अन्तिम पटक प्रहरीले पक्राउ गरेको थियो । तर उनी प्रहरीलाई झुक्याएर भाग्न सफल भएका थिए ।

धनिराम दिनमा मात्र चोरी गदर्थे । उनले अहिलसम्ममा १ हजार भन्दा धेरै गाडी चोरीसकेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

केहि वर्ष अगाडि उनलाई चोरीको आरोपमा गिरफ्तार गरेर अदालतमा पेश गरिएको थियो । त्यो बेला उनले धेरै पटक अदालतमा देखिसकेका जजलाई नै आफ्नो फैसला सुनाउन लागेको देखे ।

जर्जले धनिरामलाई तिमी मेरो अदालतबाट बाहिर जाउ भन्दै ठूलो स्वरमा कराउन थाले । त्यसपछि दुई प्रहरीका साथमा उनी बाहिर निस्किए । बाहिर पुग्नासाथ धनिराम बेपत्ता भए ।

अदालतमा उनको नाम बोलाउँदासम्म धनिराम गायब भईसकेका थिए । जब पुलिसलाई धनिराम गायब भएको खबर मिल्यो तब उनीहरुको होस उड्यो ।

जर्जले धनिरामलाई जाउ भनेपछि धनिराम गएको कतिपयले तर्क गरेका थिए । धनिरामले एलएलबीको अध्ययन गरेका थिए । साथै उनले हेन्डराइटिङ विशेषज्ञ तथा ग्राफोलोजीमा डिग्री गरेका थिए ।

उनले यो सबै चोरी गर्न सजिलो होस् भनेर गरेको सञ्चारमाध्यामहरुले बताएका छन् । उनी गाडीहरु चोर्थे र आफ्नो कागजात तयार पारेर अरुलाई बेच्ने गर्थे ।

भारतीय सञ्चारमाध्याका अनुसार धनिरामले फर्जी कागजात तयार गरेर हरियाणाको झज्जर कोर्टका एडिशनल सेशन जजलाई दुई महिनाको बिदा दिएर उनको ठाउँमा आफू जर्ज बनेका थिए ।

धनिरामले उक्त जर्जको कुर्सीमा बसेर २ महिनासम्म फैसला सुनाए । उनले अदालतको फैसला सुनाएर २ हजार अपराधीहरुलाई रिहा गरिदिए । तर केहिलाई भने उनले जेल पनि पठाएका थिए । तर धनिरामको बारेमा थाहा पाएपछि उनले फैसला गरेका मुद्दाको फेरी सुनवाई गरिएको थियो ।

उनको त्यो कर्तुत बाहिर आउँदासम्म धनिराम फरार भईसकेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?