१३ असार २०७९, सोमवार

उमेदवारको मापदण्ड तोक्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

२०७४,भाद्र,३०,शुक्रवार १२:४८

0
Shares

काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)ले आगामी असोज ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ ।काठमाडौँमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमालेमा लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । यसअघि वैशाखमा तय गरिएको बैठक पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।“स्थानीय तहको पहिलो चरणको निर्वाचन अगाडि बैठक बस्ने तयारीमा थियौँ तर व्यस्तताले बस्न सकेनौँ”, श्रेष्ठले भने, “अब तीन चरणको स्थानीय निर्वाचन सकिएपछि केन्द्र र प्रदेशको निर्वाचनका लागि बैठक बस्न थालेको हो ।” बैठकले दुवै संसद्का समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको मापदण्डसमेत तय गर्नेछ ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार १२:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठक आजबाट सुरु हुने भएको छ। नेपाल प्रज्ञा भवन,

खोटाङ । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२

ताजा समाचार

आफ्नै घर बिर्सिन्छिन् दीपिका
 २०७९,असार,१३,सोमवार ११:२९