सभामुखको विषयमा नविनाले लेखिन कडा स्टाटस, शिवमाया नै किन नहुने ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख चयनमा निकै समय गुजारी सकेको छ । सत्तारुढ दलको अध्यक्षद्वय नेताहरुबीच नै सभामुख कसको पोल्टामा पार्ने भन्नेबारे विवाद चुलिएको हो । कतिपयले उपसभामुख शिवमाया तुम्बाहाम्फे नै स्वत: सभामुख हुनुपर्ने तर्क पनि राखेका छन् ।

यसैबीच सांसद नविना लामाले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै तुम्बाहाम्फे नै सभामुखको लागि योग्य भएको बताएकी छिन् ।

उनले लेखेकी छिन्, “विधावारिधि गरेको, कानून व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्टको आन्दोलन,संघष जेलनेल सवै त्यगेर राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडगमगाएको, महिला त्यो पनि जनजाति पृष्ठभूमिको शिवमाया दिदी महिला सभामुखमा अयोग्य हुने हो भने हाम्रो गौरवशाली पार्टी नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निष्कर्ष निकाल्नु पर्छ ।”

संघीय संसद् सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कारको आरोप लागेपछि तत्कालिन सभामुख सभामुख कृष्ण बहादुर महराले गत असोज १४ पदबाट राजीनामा दिएका थिए । महरा यतिबेला पुर्पक्षका लागि थुनामा छन् । यससँगै सभामुख पद रिक्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?