मुक्का प्रहारबाट सार्की गुरूङको मृत्यु

रसुवा । कुटपिटका कारण उत्तरी रसुवास्थित गोल्जुङ गाउँ निवासी एक युवकको गए राति मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार मृत्यु हुनेमा रसुवा, आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ गोल्जुङ निवासी ४६ वर्षीय सार्की गुरूङ छन् ।

सोही स्थानका ४१ वर्षीय मिङ्गार सिंगी तामाङको मुक्का प्रहारबाट शनिबार राति गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार साँझ ८:३० बजे गोल्जुङ इलाका क्षेत्रमा दुई पक्षबीच सामान्य विवाद हुँदा तामाङले गुरूङलाई एक्कासि मुक्का प्रहार गर्दा ढुङ्गामा पछारिई टाउकामा गम्भीर चोट लागेर उनको मृत्यु भएको बुझिन आए पनि घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?