साँखु शालीनदीस्थित स्वस्थानी मेलामा जे देखियो … (फोटो फिचर)

काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म १ महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत पौष २५ गतेदेखि शुरु भएको छ । यस व्रतमा बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएकोले हरेक वर्ष घर–घरमा स्वस्थानीको कथा सुन्ने/सुनाउने गरिन्छ । पवित्र मनले व्रत बसेर कथा भन्ने र सुनाउने गरेमा ठूलो धर्म हुने विश्वास गरिन्छ ।

नुनसमेत नखाइ कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतबाट मनोकामना पूरा हुने विश्वास गरिएको छ ।

एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाइ व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौं उपत्यकाबाट १८ किमीको दूरीमा उत्तर पूर्वी भेगमा अवस्थित साँखुस्थित शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिने यो पवित्र धार्मिक स्थलमा भक्तजनको ठूलो घुइँचो लाग्छ ।

देवी पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरुको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको बताइन्छ ।

फोटोमा हेर्नुहोस् 

            

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?