बलिउड अभिनेता शाहिद कपूर घाइते, ओठमा लगाइयो १३ टाँका

काठमाडौं । फिल्म जर्सीको छायांकनका क्रममा बलिउड अभिनेता शाहिद कपूर घाइते भएका छन्।

तेलेगु ब्लकबस्टर फिल्म जर्सीको बलिउड रिमेकका लागि क्रिकेट खेल्दै गरेको सिन खिच्ने क्रममा बलले ओठमा लागेर उनी घाइते भएका हुन् । उनको ओठमा १३ टाँका लगाइएको छ ।

शाहिद घाइते भएसँगै जर्सीको छायाँकन पनि स्थगित भएको छ । घाइते हुनुपुर्व शाहिदले रिहर्सल र छायांँकन स्थलको फोटो तथा भिडियो इन्स्टाग्राममार्फत शेयर गरेका थिए ।

उनी अभिनित चलचित्र कबिर सिंहलाई धेरै दर्शकहरुले मन पराएका थिए । उनको उक्त फिल्म ब्लकबस्टर बनेको थियो । कबिर सिंहको व्यापारिक सफलता लगत्तै उनले जर्सी साइन गरेका थिए।

जर्सीले ३६ वर्षीय एक क्रिकेटरको जीवनलाई पर्दामा उतार्नेछ । फिल्म जर्सीलाई गोथाम तिन्नानुरीले निर्देशन गर्नेछन् । फिल्ममा शाहिदसँगै मृणाल ठाकुर, पंकज कपूर लगायतका कलाकारहरु रहेका छन् । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?