२२ जेष्ठ २०८०, सोमवार

उमेदवारको मापदण्ड तोक्न एमाले केन्द्रीय कमिटी बैठक बस्दै

२०७४,भाद्र,३०,शुक्रवार १२:४८

0
Shares

काठमाडौँ, ३० भदौ । नेकपा (एमाले)ले आगामी असोज ६ देखि ८ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाएको छ ।काठमाडौँमा हुने बैठकमा स्थानीय निर्वाचनको समीक्षा तथा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका बारेमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । एमालेमा लामो समयदेखि केन्द्रीय कमिटी बैठक बस्न सकेको छैन । यसअघि वैशाखमा तय गरिएको बैठक पहिलो चरणको स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।“स्थानीय तहको पहिलो चरणको निर्वाचन अगाडि बैठक बस्ने तयारीमा थियौँ तर व्यस्तताले बस्न सकेनौँ”, श्रेष्ठले भने, “अब तीन चरणको स्थानीय निर्वाचन सकिएपछि केन्द्र र प्रदेशको निर्वाचनका लागि बैठक बस्न थालेको हो ।” बैठकले दुवै संसद्का समानुपातिक र प्रत्यक्षतर्फका उम्मेदवारको मापदण्डसमेत तय गर्नेछ ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार १२:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मधेस प्रदेशसभामा पेश गरिएको विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ । प्रदेशसभाको आजको बैठकमा अर्थमन्त्री

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकता दिएको छ । गण्डकी प्रदेशसभाको

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार गण्डकी प्रदेश

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१