आफ्ना ट्वीटर फलोअर्सलाई पैसा बाँड्दै जापानी व्यापारी

काठमाडौं । सोसल मिडियामा कसैलाई फलो गर्नु सामान्य कुरा हो । तर कोहि मानिसलाई सोसल मिडियामा तपाँईले फलो गर्दा पैसा पाइन्छ भने तपाँईलाई कस्तो लाग्ला ? पक्कै पनि तपाँईले फालो अवस्य नै गर्नु हुन्छ होला ।

जापानका एक अरबपति युशाकु मीजावाले उनको ट्विटर अकाउण्टमा फलो गरेका मानिसहरुलाई १० अर्ब २४ लाख नेपाली रुपैयाँ  बाँड्ने घोषणा गरेका छन् । यो रकम मीजावाले न्यु-इयर २०२० को अवसरमा आफ्नो ट्विटमा रिट्विट गर्नेहरुमा बाँड्ने भएका छन् ।

मीजावा आफ्नो यो कदमलाई सामाजिक प्रयोगको कदम मानेका छन् । साथै उनले पैसाको खुसियालीले मानिसलाई कस्तो हुन्छ भन्ने बारे जान्नु रहेको बताएका छन् ।

यिनै फलोअर्सहरुमध्ये उनी एक हजार जनालाई छान्ने छन् । उनको पैसाको असर मानिसहरुमा कस्तो पर्छ भन्नेबारे उनले एक सर्वे गरेर पत्ता लगाउने बताएका छन् । बिजनेस म्यान मीजावाको ट्विटरमा अहिले ७ लाख १२ हजार फलोअर्स  रहेका छन् ।

४३ वर्षीय मीजावा एक फेसन कम्पनीका मालिक हुन् । उनको निजी सम्पत्ति २ अर्ब डलर रहेको छ । उनले आफ्नो यो तरिकालाई विशेषज्ञ एवम अर्थशास्त्रीहरुले चासो दिने बताएका छन् ।

मीजावासँग पैसा पनि धेरै रहेको र बाँड्नको लागि समय पनि रहेको छ । अन्य मानिसलाई प्रभावित पार्न मीजावाले यो अनौठो तरिका अपनाएको कतिपयको बुझाई रहेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?