सिमेन्ट–डन्डीमा उपभोक्तामाथि चरम ठगी

काठमाडौं, ९ माघ- सिमेन्ट र डन्डी उद्योगले बिनाकारण आफूखुसी अस्वाभाविक मूल्यवृद्धि गर्दै उपभोक्तामाथि चरम ठगी सुरु गरेका छन् । उद्योगीहरूले विभिन्न बहानामा एक महिनामै १७ प्रतिशतसम्म सिमेन्टको मूल्य वृद्धि गरेको पाइएको हो । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनबाट सिमेन्ट उद्योगीहरूको यस्तो ठगी बाहिर आएको हो, राजधानी दैनिकमा खबर छ आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिमेन्ट ढुवानीको भाडा बढेको निहुँमा उद्योगीले सिमेन्टको अस्वाभाविक मूल्य वृद्धि गरेको बताए । उनका अनुसार ढुवानी भाडा नजोड्दै मूल्य वृद्धि गरिएकाले उपभोक्तामाथि ठगी भइरहेको बताए भूकम्पपीडितहरूले घर निर्माण गरिरहेको मौका छोपेर उद्योगीहरूले ब्रह्मलुट मच्याउन खोजेको उनको भनाइ छ । ‘उनीहरूले ढुवानी भाडा नजोडीकनै मूल्य बढाएछन्,’ उनले भने, ‘भूकम्पपीडितले घर निर्माण गर्ने समयको मौका छोपेर मूल्य वृद्धि गरेको देखिएको छ । यो भूकम्पपीडितमाथि ठगी हो ।’ उनका अनुसार सिमेन्टसँगै डन्डी उद्योगले पनि आफूखुसी मूल्य वृद्धि गरी उपभोक्तामाथि भार थपिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?