पवन गिरीको ‘बधाई छ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेपाल आइडल सिजन २ मा उत्कृष्ट प्रदर्शन गर्न सफल रक स्टार गायक पवन गिरीको नयाँ सेन्टिमेन्ट रक गीत ‘बधाई छ’ सार्वजनिक भएको छ ।

गायक गिरीको स्वर रहेको उक्त गीत लोकेश बज्राचार्यको निर्देशनमा बनेको छ । साथै उक्त म्युजिक भिडियोमा वाइड लेन्स प्रोडक्सनले लगानी गरेको छ । कल्यान सिंहको संगीत रहेको उक्त गीतको शब्द सिंहले आफैँले रचना गरेका हुन् ।

औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका पवनले भर्साटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन यत्ति धेरै जित्न सफलक भएका थिए ।

नेपालको पहिलो र चर्चित सिंगिङ् रियालिटी सो ‘नेपाल आईडल सिजन २’ बाट उदाएका यिनै रकस्टार गायक गिरीको भिडियोमा चर्चित अभिनेत्री रिमा विश्वकर्मा र पर्सि गजुरेललाई फिचरिङ गरिएको छ ।

उ्क्त गीतको एरेन्जमेन्ट गोपाल रसायलीले गरेका छन् भने मिक्सिङ् प्रदीप जोशीले गरेका छन् । यो पवन गिरीको दोस्रो सेन्टीमेन्ट रक गीत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?