काठमाडौं । आज बिहान बसेको प्रदेश नं ३ को प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडालाई गरीएको प्रस्तावमा दुईतिहाइभन्दा पनि बढी मतबाट स्वीकृत भएको छ ।
सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ जनाले प्रस्तावको पक्षमा मतदान गरेका थिए ।
यसैगरी आजै सो बैठकमा साझा विवेकशील पार्टीका नेता रमेश पौडेलले काभ्रेको धुलिखेललाई राजधानी बनाइयोस् भनी प्रस्तुत गरीएको प्रस्तावलाई बैठकले अस्वीकृत ग-यो ।
सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०४ सदस्यमध्ये १०१ सदस्यले विपक्षमा मतदान गरे भने पक्षमा जम्मा तीन मतमात्र परेको सभामुख सानुकुमार श्रेष्ठले जनाए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया