९ चैत्र २०७९, बिहीवार

प्रधानमन्त्रीले बारा पुगेर खोले संविधान संशोधन नहुनुको रहस्य

२०७४,भाद्र,३०,शुक्रवार ११:१८

0
Shares

कलैया, ३० भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेका कारण संविधान संशोधन हुन नसकेको बताएका छन ।बाराको सदरमुकाम कलैयामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ढिलै भए पनि तराई–मधेशका जनताको अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन गरेरै छाड्ने दृढता व्यक्त गरे ।नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले एमाले पार्टीले मुलुकमा विखण्डन ल्याउन खोजेको कुरा मधेसका जनता बुझिसकेको बताउँदै मधेशी जनताको अधिकार प्रवद्र्धनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै मतदातामा आग्रह गरे । पहाडवादको खोक्रो नारा दिएर मुलुकको विकास हुन नसक्ने भन्दै देउवाले एमालेले हिमाल, पहाड र तराईका जनताको सम्मान हुने काम गर्नुपर्ने बताए ।सभापति देउवाले काँग्रेस मधेसको भूमिबाट जन्मेको पार्टी भएकाले तराई– मधेसको रक्षा गर्ने दायित्व पनि काँग्रेसकै काँधमा आएको बताउँदै काँग्रेसले अन्तिम समयसम्म मधेसको अधिकारका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे ।दुई नम्बर प्रदेशमा नेपाली काँग्रेस पहिलो पार्टी हुने दाबी पनि उनले गरे ।काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तराईको भूमिमा नै रामनारायण मिश्र, शेख इद्रिश, भागवत यादव, थिरबम मल्ल, रामनारायण मिश्र जस्तो योद्धा जन्मेको र काँग्रेसका लागि निकै ठूलो योग्दान गरेको स्मरण गर्दै तराई–मधेसको विकास र समृद्धिका लागि उहाँहरुले देखेको सपना काँग्रेसले पूरा गराएरै छाड्ने प्रतिबद्धता गरे ।स्थानीय तहको निर्वाचनपछि संविधान कार्यन्वयनमा टेवा पुग्ने तथा प्रदेश र संसदको चुनावपछि मधेसमा विकासको क्रान्ति ल्याउने बताउँदै नेता पौडेलले अगामी प्रदेश र संसदको चुनावमा काँग्रेसलाई दुई तिहाइ मतबाट विजयी गराउन सबैलाई आग्रह गरे । 

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार ११:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००