मुग्लिन-नारायणगढ सडक विस्तार ३३ महिनामा पनि सकिएन

काठमाडौं, ९ माघ- उपत्यका प्रवेशको लाइफलाइन मुग्लिन-नारायणगढ सडक विस्तारको काम निर्धारित समयमा पूरा नभएपछि चौथो पटक समय थप्नुपर्ने भएको छ। यो सडक विस्तारको काम हाल ७१ प्रतिशत मात्रै पूरा भएकाले अझै एक पटक सयम थप्नुपर्ने भएको हो। आगामी फेब्रुअरीमा चौथो पटक समय थपेर बाँकी काम गराउने तयारी सडक विभागले गरिरहेको छसाढे दुई वर्षभित्रै विस्तारको काम पूरा गर्न ३३ महिना अगाडि सम्झौता भएको थियो। सडक निर्माणको ठेक्का लागेका दुई महिनामै (२०७२ वैशाखमा) गएको भूकम्प, सोही वर्षमा भएको नाकाबन्दी, निर्माण सामग्रीको अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण समयमा काम पूरा हुन सकेको छैन। तीन पटकसम्म समय थप भइसकेको छ। समयमानै काम सम्पन्न हुन नसकेको र तोकिएको समयमा सन्तोषजनक काम नभइ दोस्रो पटक समय थप हुँदा दुई वटा ठेकेदारले ७५ लाख हर्जाना तिर्नुपरेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?