४ देखि ६ मिनेटमा कसरी जान्छ मानिसको ज्यान ?

काठमाडौं । जब कोहि मानिस आमाको कोखबाट जन्म लिँदै हुन्छ तब परिवारमा एकदमै खुसी छाउँछ । तर मानिसको मृत्यु हुँदा भने सन्नाटा र रुवाबासी हुन्छ । तर के तपाईलाई थाहा छ मानिस किन मर्छ ? वर्षौदेखि मानिसहरु यसको खोजिमा लागि परेका छन् । तर मानिसको मृत्यु सम्बन्धि विज्ञान के भन्छ त ?

मनिसको मृत्यु कसरी हुन्छ भन्ने चिन्ताले धेरैलाई सताउँने गरेको छ । तर विज्ञानले मृत्यु सम्बन्धी हरेक मानिसलाई ३० वर्ष पुगेपछि चिन्ताले सताउँने गरेको विज्ञानको ठहर छ ।

मानिसको उमेर ३५ पुगेपछि शरीरमा असहज महसुस हुने गर्छ । साथै हड्डीको शक्ति पनि बिस्तारै कम हुँदै जाने हुने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

३० वर्षदेखि ८० वर्षको बीचमा मानिसको शरीरका ४० प्रतिशत मांसापेशीहरु नष्ट भएर जान्छन् । र जति पनि मांशापेशीहरु बँचेका हुन्छन् तिनिहरु पनि कमजोर हुँदै जाने गर्छन् ।

जब उमेर बढ्दै जान्छन् तब कोशिकाहरुको विभाजनमा गडबडी हुन थाल्छ । कोशिकाहरु भित्रको डिएनएको क्षति हुन थाल्छ । साथै केहि नयाँ कमजोर तथा रोग ल्याउने कोशिकाहरु बन्दै जान्छन् । उक्त कोशकाहरुले क्यानसरको सम्भावना बढाउँछ ।

आरामले भरिएको शरिरमा धेरै बोसो जम्छ जसका कारण मांसापेशीकाहरु विकास हुनको सट्टा बोसोमा घेरिएर रहन्छन् । बोसो धेरै हुँदा हामीलाई शरिरमा उर्जा धेरै भएको अनुभुति हुन्छ । तर यस्तो मानिसहरुमा हर्मन सम्बन्धी बिभिन्न कुराहरु परिवर्तन हुन थाल्छन् जसले रोग निम्त्याउँछ ।

त्यस्तै प्राकृतिक मृत्युहुुनु शरिरको शट डाउन प्रक्रिया हो । मानिसको मृत्युपूर्व शरिरका केहि अंगले काम गर्न छोड्छन् । धेरैजसो श्वासप्रश्वासमा यसको असर धेरै परेको पाइन्छ । जब स्थिति नियन्त्रण भन्दा बाहिर जान्छ तब मानिसको दिमागमा पनि असर पर्न थाल्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?