भाईको हत्या गरेर भागेका दाई पक्राउ

इलाम । भाइको हत्या गरेर फरार रहेका अभियुक्तलाई इलाम प्रहरीले पक्राउ गरेको छ । पुस २० गते मादक पदार्थ सेवन गरेर दाजुको कुटपिटबाट भाईको ज्यान गएको थियो ।

इलामको सुर्योदय नगरपालिका–१२ आठघरेमा दाजु भाई बीच झगडा हुँदा दाजु ४८ बर्षीय राम बहादुरले भाई ४६ बर्षीय हर्क बहादुरलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो ।

भाई हर्क बहादुरको मृत्यु पश्चात फरार रहेका रामबहादुर रसाईलीलाई खोजतलास गर्ने क्रममा शुक्रबार झापाको काकड्भिट्टाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?