परासी । नेत्रविक्रम चन्द (विप्लव) समूहका पश्चिम नवलपरासीका जिल्ला सदस्य पक्राउ परेका छन् । प्रहरीले आज विहान जिल्ला सदस्य मोहन सापकोटालाई पक्राउ गरेको हो ।
बर्दघाट नगरपालिका ४ का सापकोटालाई सरावल गाउँपालिकाको तिलकपुरबाट पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ ।
उनीमाथि दुईवटा घटनामा अभियोग लगाई सांगठनिक अपराध मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
उनलाई दुईवटा ट्रक र एउटा एनसेलको टावरमा आगजनी गरेको आरोपमा मुद्धा लगाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया