ट्याक्टरको ठक्करबाट ३ जनाको मृत्यु

रौतहट । रौतहटमा छुट्टाछुट्टै स्थानमा ट्याक्टरको ठक्करबाट तीन जनाको ज्यान गएको छ । बिहीबार बेलुकी रौतहटको गौर चन्द्रपुर सडकखण्डको शुकदेव चोक नजिकै ना ५ त ९२६७ नम्बरको ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । ज्यन गुमाउनेमा मोटरसाइकल पछाडी बसेका माधव नारायण नपा–६ माधोपुरका ४५ वर्षीय रामअधार ठाकुरको रहेको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भिर घाइते मोटरसाइकल चालक सोही ठाँउका २२ वर्षीय सुशील ठाकुरको वीरगञ्जस्थित तराई अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गएराती नै बृन्दावन नपा–७ धमौरास्थित गौर चपुर सडकखण्डमा आलु बोकेर हर्षाहातर्फ गइरहेको ना ७ च ६१६९ नम्बरको ट्याक्टरले पैदलयात्रु ठक्कर दिदा एक जनाको ज्यान गएको छ । देवाही गोनाही नपा–४ की ३५ वर्षीया मिरादेवीलाई ठक्कर दिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी गएरातीनै कटहरिया नपा–९ डुमरियास्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इन्डस्ट्रिजमा उखु बोकेको ना१त ४१४० नम्बरको ट्याक्टरले ठक्कर दिँदा एकजना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । ट्यक्टरचालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?