८ जनाले खाना खाँदा होटलले ७० लाखको विल थमाएपछि…

काठमाडौं । सोशल मिडियाको यो जमानामा स-सानो घटना पनि एकदमै ठूलो बन्ने गर्छ । पछिल्ला केहि वर्षमा होटलहरुले आ-आफ्नो मनोमानी गरेर होटल सञ्चालन गरिरहेका छन् ।

अहिले होटलको एउटा यस्तै खबरले सामाजिक सञ्जाल तातेको छ । यो घटना चीनको शंघाईमा भएको हो । ८ जना साथीहरु मिलेर चीनको शंघाई होटलमा डिनर गरिरहेका थिए ।

तर यो होटलमा यी ८ जनासँग यस्तो घटना भयो जसले गर्दा सारा विश्वले नै अहिले होटल व्यवसायीहरुको खुलेर बिरोध गरिरहेका छन् ।

होटेलले ग्राहकहरुलाई २० फूड आइटम दिएको थियो । २० परिकार खाएको विल उनीहरुलाई नेपाली ७० लाख रुपैयाँ आयो ।

उनीहरु अचम्ममा परे । उनीहरु चीनको संघाईमा रहेको म्यागी होटलमा डिनरको लागि गएका थिए । जब उनीहरुको हातमा ७० लाखको बिल आयो उनीहले होटलले किन जिस्किरहेको छ भन्ने सोचे र यो फोटोशप वाला विल हो भन्ने ठाने ।

तर होटलका मालिक तथा चिफ सेफले  विल उनीहरुले खाएको खानाको बिल भएको बताएपछि उनीहरु छाँगाबाट खसेजस्तै भएका थिए ।

होटलका मालिक सन झा ओगुओका अनुसार यो डिनर दुबईबाट आएका ग्रहाकहरुलाई मध्यनजर गरेर तयार गरिएको थियो ।

यो डिनर तयार गर्नको लागि होटलले २ हजार वर्ष पुरानो साल्ट प्लेटहरु राखिएको थियो । जो एकदमै महङ्गो मानिन्छ । यसै विलको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

चीन सरकारले पनि यो कुरा सरकारको नियम बिपरित भएको बताएको छ । त्यसैले होटलधनीलाई कार्बाही गरिने बताएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?