वर्षभरि नै फरक-फरक रानीसँग रात बिताउँथे यी राजा !

एजेन्सी । आजको आधुनिक युगमा एक भन्दा धेरै विवाह गर्नु गैह्रकानूनी मानिन्छ । पत्नीसँग सम्बन्ध बिच्छेद गरेर मात्र तपाईले अर्काे विवाह गर्न सक्नुहुन्छ ।

तर एकैसाथ दुई विवाह गर्न पाईदैन । राजाहरुको शासनकालमा राजाहरु कसैले एउटा मात्र विवाह गर्दथे भने कसैले धेरै विवाह गर्ने गर्दथे ।

धेरै विवाह गर्ने राजा महाराजामा पर्छन् भूपेन्द्र सिंह । उनका ३ सय ६५ रानीहरु थिए । उनी भारतको पटियालाका राजा थिए । उनले सन् १९०० देखि सन् १९३८ सालसम्म राज्य गरेका थिए ।

रानीहरुलाई राख्नका लागि उनले फरक फरक महल बनाएका थिए । उनले सबै रानीसँग एक रात बिताउन फरक नयिम बनाएका थिए ।

एक वर्षमा जम्मा ३ सय ६५ दिन हुन्छन् । राजा भूपेन्द्रका साथ एक रातका लागि एउटा रानी तयार थिइन् । राजाको महलमा धेरे लालटिन बालिएका थिए ।

तर राजा ३ सय ६५ रानीको लागि फरक फरक नै लालटिन बाल्ने गर्दथे । लालटिनमा राजाले ३ सय ६५ जना रानीकै नाम लेखेर राखेका थिए ।

सबै लालटिनमा रात भरि बल्दथे । जब विहान उठ्दा पहिला जुन लालटिन बन्द हुन्थ्यो तब राजा त्यो लालटिनमा लेखिएको नाम पढ्थे र बेलुका लालटिनमा लेखिएको रानीसँग रात बिताउन जान्थे ।

अहिले राजाको यो तरिका देखेर मानिसहरु अचम्म मान्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?