अचानक चाँदीको वर्षा भएपछि मानिसहरु भाँडा भरेर फर्किए…

एजेन्सी । जब सुन चाँदीको कुरा आउँछ मानिसहरुको मन त्यत्तिकै लोभिने गर्छ । सुन चाँदीको मुल्यले अहिले आकाश छोएको छ । तर भारतको बिहारस्थित सीतामढीमा चाँदीको वर्षा भएको छ ।

सीतामढीमा विहानै जब मानिसहरु उठेका मात्र थिए त्यो बेला उनीहरुले चाँदी सडकमा वर्षासरी झरेको देखे । त्यहाँका स्थानीयहरु चाँदी टिप्न ज्यान फालेर दौडिए ।

सारा गाउँमा नै चाँदीको वर्षा भएको अफवाह फैलाइयो । यो हल्ला सुनेर मानिसहरु टाढा-टाढाबाट चाँदी टिप्न त्यहाँ आईपुगे ।

भारतीय सञ्चारमाध्यामका अनुसार यो घटना सम्बन्धी फरक-फरक समाचार बाहिर आएका छन् । कसैले चोरी गरेर लगेको चाँदी बाटोमा झरेको खबर बताइहेका छन् ।

यो घटना नेपाल र भारतको सिमना नजिकै भएको भारतीय सञ्चारमाध्यामले बताएका छन् । उक्त ठाउँकास्थानीयहरुले बाटोमा झरेको चाँदी डेढ सय ग्राम देखि आधा किलो सम्म उठाएका छन् ।

एक भारतीय मिडिया रिपोर्टका अनुसार चाँदी एकदमै राम्रो क्वालिटीको रहेको बताइएको छ । अहिले पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?