काठमाडौं । सडक नियम उल्लघंन गर्ने जो कोहीलाई नछोड्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।
बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथको निरीक्षण गर्दे पोखरेलले यस्तो निर्देशन दिएका हुन् । सडकको डिउटी गरिरहेको ट्राफिक प्रहरी राष्ट्रिय अन्तराष्ट्रिय निगरानीमा रहेको भन्दै पोखरेलले सबैसँग राम्रो व्यवहारमा हुँन् निर्देशन दिए ।
धुलो धुवा, घाम, पानी नभनी हरपल खटिने ट्राफिक प्रहरी एउटा सानो गल्तीले पनि संगठन आलोचित हुनसक्ने भन्दै त्यस्तो गल्ती मान्य नहुनेसमेत बताए । उनले संगठनको मर्यादामा कुनैपनि खालको आच आउने खालको काम नगर्न निर्देशन दिए ।
पोखरेलले सबै ओहोदाका नागरिकहरुसँग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने भएकाले आफ्नो भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्न निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया