बढ्दो महंगीका कारण यी विद्यार्थीले कारलाई घर बनाइन् !

काठमाडौं । आजभोली उच्च शिक्षा लिनको लागि विद्यार्थीहरु शहर जाने गर्छन् । कोहि अध्ययनको सिलसिलामा शहर जान्छन् भने कोहि सपना बोकेर शहर पस्ने गर्छन् ।

२५ वर्षकी क्याटलिन एक विद्यार्थी हुन् । उनी बढ्दै गएको महंगीका कारण घर भाडा तिर्न सक्षम भएपनि उनले एउटा भ्यानलाई घर बनाइन् ।

स्कटल्याण्(डको पेस्ले नामक शहरमा बस्ने क्याटलिनले तीन हजार पाउण्डमा एउटा ३५ वर्ष पुरानो भ्यान किनेकी छिन् । उनले यो घरलाई अहिले आफ्नो घर बनाएर बस्न थालेकी छिन् ।

क्याटलिनका अनुसार उनी बस्ने फ्ल्याटको भाडा अन्यको भन्दा कम भएपनि उनलाई यो भाडा घरबेटीलार्य दिनु बेकारको खर्च लाग्छ । उनी दिनभरिनै कलेजमा हुन्छिन् ।

साथै कामका कारणले धेरै समय उनी घरबाहिरै हुने गर्छिन् । यस्तो अवस्थामा प्रत्येक महिना २५० पाउण्ड तिर्नु भनेको उनलाई बेकारको खर्च जस्तै लाग्छ ।

उनले यहि खर्च कम गर्नको लागि उनले यो अनौठो तरिका अपनाएकी हुन् । उनले उक्त आइडिया एक साथीबाट लिएको बताएकी छिन् ।

क्याटलिनले भनिन् गएको अगस्टमा म आफ्नो कुकुरका साथमा नेदरल्याण्ड्स गएको थिएँ । दुई हप्तासम्म लगातार यात्रा गर्दा एकपटक पनि यो भ्यान बिग्रिएन ।

क्याटलिनको लक्ष्य भनेको ग्रेजुएट भएपछि स्कटल्याण्ड घुम्नु रहेको छ । यसपछि इंग्ल्याण्ड र बाँकि युरोपियन देश घुम्ने रहेको छ । म डिजिटल इडिटङसँग जोडिएकी छु । त्यसैले म आफ्नो यात्राको सबै डकुमेन्ट्री बनाउन चाहान्छु । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?