प्रधानमन्त्री ओलीको शीरमा नभइ मष्तिस्कमा श्रीपेच छ : प्रदिप पौडेल

काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले ल्याउन लागेको प्रस्तावित सूचना प्रविधी विधेयकको विरुद्ध विरोध सभा गरेको छ । बिहीबार माइतिघरमा एक कार्यक्रम गर्दै विरोध सभा गरेको हो । प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको वाक स्वतन्त्रता, शक्ति पृथकिकरणको शिद्धान्त तथा समग्र लोकतन्त्रको मर्म विपरित रहेको भन्दै प्रदर्शन गरिएको हो । साथै उक्त विधेयकमार्फत सरकारले व्यक्तिको व्यक्तिगत स्वतन्त्रता साथै गोपनियत समेत भंग गर्ने गरि ल्याउन लागिएको विधेयक मान्दैनौ भन्दै काँग्रेस सम्बद्ध विध्यार्थीहरुले विरोध समेत जनाएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले अंक गणितको अहंकारमा पूर्वराजा ज्ञानेन्द्र शाह जस्तै जनताको लोकतन्त्र नखोस्न सचेत गराएका छन् । सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई अंक गणितको अहंकार लागेकाले त्यस्तो नगर्न समेत सुझाएका छन् ।

सरकारले दुई तिहाईको दम्भमा परेर जनतामाथि टेक्ने प्रयास गरिरहेको आरोप लगाउँदै उनले जनतालाई हेप्ने कोसिस नगर्नसमेत चेतावनी दिएका छन् ।

नेता पौडेलले सरकारले ल्याएका लोकतन्त्रविरोधी विधेयकको अवज्ञा गर्न पनि सार्वजनिक रुपमै अपिल गरे । “आजैदेखि सरकारले ल्याएको सूचना प्रविधि विधेयकको अवज्ञा गरौं । मिडिया काउन्सिल विधेयकको अवज्ञा गरौं । मानवअधिकार विधेयकको अवज्ञा गरौं । जति पनि लोकतनत्रमाथि प्रहार गर्ने विधेयकहरु छन्, ती सबै विधेयकलाई गुठी विधेयक फिर्ता गरे जस्तै फिर्ता हुन बाध्य हुने स्थिति हामीले बनाऔं ।” युवा नेता पौडेलले भने

युवा नेता पौडेलले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै भने, “सरकारद्वारा जनताले टेक्ने ठाउँमाथि प्रहार भइरहेको छ । नेकपाले गणितीय हिसाबले दुईतिहाइ ल्याएको छ । यो अंक गणित हो, पूर्ण समिकरण होइन,” यदि सरकारले जनताको हरेक कुरामा अंकुश लगाउने कोशिस गरेमा राजा ज्ञानेन्द्रकै हालत हुने पनि चेतावनी दिएका छन् ।

जन आन्दोलका क्रममा तत्कालीन राज्ञा ज्ञानेन्द्र शाहलाई माइतीघर मण्डलाबाटै जनताका अधिकार नखोस्न आग्रह गरेको स्मरण गर्दै जनतामाथिको दमन जारी राखेका कारण राजतन्त्र सधैँका लागि अन्त्य भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

राजा ज्ञानेन्द्र शाहलाई धेरै कुराहरु मार्फत अधिकार खोसिएकोमा माइतिघरबाटै सुसुचित गराएको बताउँदै उनले भने, यसरी सबै थोकमाथि बन्देज लगाएमा प्रधानमन्त्रीको आवाज समेत कहिल्यै बाहिर नआउने गरि बन्देज लगाउने भन्दै चेतावनी समेत दिएका छन् ।

युवा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवराजाको संज्ञा दिँदै प्रधानमन्त्रीको शीरमा श्रीपेच नभएर पनि मस्तिष्कमा श्रीपेच रहेको भन्दै कडा आलोचना समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?