काठमाडौं । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले धितोपत्रबोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले आज पत्रकार सम्मेलन मार्फत सो कुरा जानकारी गराएका हुन् ।
त्यसै, बाँस्कोटाले नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर र दुर्गालक्ष्मी श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको जानकारी गराए । सरकारले द्विपक्षीय विवाद समाधान गर्न अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा आठ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रीपरिषद्को बैठकले जानकारी गराइएको हो ।
सँगै मन्त्रिपरिषद् बैठकले पुस २८ र २९ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ।
पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमतिका लागि स्वीकृत गरेको बाँस्कोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया