टाटा मोटर्सको ‘जनवरी फेस्ट’: सिंगापुर घुम्ने अवसर देखि, १ लाख बोनससम्मकाे याेजना !

काठमाडौं । टाटा मोटर्सले जनवरी फेस्ट नामक कार्यक्रम आयोजना गरकाे छ । टाटा मोटर्सको नेपालका लागि आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त फेस्टमा सहभागी भई ग्राहकहरुले टाटा प्यासेन्जर भेइकल अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् । त्यस्तै जुनसुकै ब्राण्डका गाडीहरु साट्दा १ लाखसम्म बोनस, टेस्ट ड्राइभमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । भने टाटाको प्रत्येक गाडीको खरिदमा एक जोडीलाई सिंगापुर क्रुज टुर तथा विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमहरुमा उपस्थित हुन पाउँने व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ ।

जनवरी १० तारिखदेखि १२ सम्म टाटा मोटर्सको शो-रुम थापाथलीमा फेस्ट आयोजना गर्न लागेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?