यस्ता छन् श्रीस्वस्थानी व्रतका समय पालना गर्नुपर्ने नियम

appharu
0
Shares

काठमाडौं । श्रीस्वस्थानी व्रत नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ ।

विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले व्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

 स्वस्थानीको व्रत बस्ने व्रतालुले पालना गर्नुपर्ने नियम

-व्रतालुले श्रीस्वस्थानीको अघिल्लो दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गर्नुपर्छ ।

-अघिललो दिनबाटै सात्विक भोजन खानुपर्छ ।

-श्रीस्वस्थानी देवीको पूजा गर्ने ठाउँमा रातो माटो र गोबरले लिपेर शुद्ध बनाउँनुपर्छ ।

-व्रतालुले व्रतअवधि भर भुइमा सुत्नुपर्छ ।

-व्रतालुले एकछाक मात्र खानुपर्छ ।

-व्रत अवधिभर कसैले पनि रौँ तथा हात गोडाका नङ काट्नुहुँदैन ।

-व्रत अवधिभर कसैसंग झगडा गर्ने, दुर्वचन बोल्ने, झुटो बोल्ने क्रोध गर्ने, कसैप्रति दुर्भाव राख्ने, चोरी गर्ने लगायतका कार्य गर्नुहुँदैन् ।

-पालन नगर्ने, असुद्ध बस्त्रहरू लगाउने, शौचालय गएपछि सफाई नगर्ने जस्ता कामहरु गर्नुहुँदैन ।

-पूर्णीमाका दिन विहानै उठी नदिमा स्नान गरी शुद्द वस्त्र पहिरिएर कुशको आसनमा बस्ने गर्नुपर्छ ।

-पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगब्य राखेर शुद्ध बन्नका लागि पिउने गर्नुपर्छ ।

-पूजा अवधि भर स्वस्थानी देवीमा मात्र चित्त लगाउनुपर्छ ।

-पूजा गर्ने बेलामा यो मन्त्र पढेर देवीको प्रार्थना गर्नु पर्दछ ।

सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् ।
सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् ।।
नीलोत्पल–धरां वामे , दक्षिणे वरदां शुभाम् ।
खड्ग–चर्मधरां चोर्ध्वं वामदक्षिणयोः क्रमात ।।
चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् ।
एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् ।।

अर्थात सुनको जस्तै दिव्य पीत वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैं प्रसन्न मुख मण्डल भएकी, विविध आभुषण हरुले शोभायमान भएर सिंहासनमा विराजमान भएकी, खड्ग ,चर्म र नीलोत्पल धारण गरेकी, चारबाहु भएकी,यस्ती श्री स्वस्थानी माताको हृदयमा ध्यान गर्दछु ।

-मध्यान्न कालमा भगवान श्री महादेवको श्रीस्वस्थानी मातासंगै पूजा अर्चना गर्नु पर्दछ ।

-पूजा पछी श्रीस्वस्थानी माता लाई अर्घ्य दिनु पर्दछ ।-साँझको पूजा पछी श्री स्वस्थानी माताको कथा वाचन गर्नु पर्दछ ।

-कथा सुन्ने श्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफै सुन्ने गर्नु पर्दछ ।

-कथावाचन आफुले गर्न नसके कुनै ब्राह्मणद्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैलाई वाचन गर्न लगाउनुपर्छ ।

-वाचन गर्नेले कुनै अभक्ष खाएको हुनुहुँदैन ।

-कथा सुन्न आफ्ना सबै छिमेकी, ईष्ट–मित्र र बन्धु बान्धव लाई पनि डाक्नु पर्दछ ।

-कथा आरम्भ गर्नु भन्दा पहिले र कथा भनिसके पछि धूप, दिप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पूजा गर्नु पर्दछ ।

-कथा सकिएपछि आरती गर्नुपर्दछ ।

-आरतीपछी कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?