स्काभेटरमा आगजनी

रौतहट । रौतहटमा अज्ञात समूहले एउटा स्काभेटरमा अगजनी गरेका छन् । गुजारा नगरपालिका–३ मा आज विहान आगजनी भएको प्रहरीले जनाएको छ ।

सडक श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीले निर्माण गरिरहेको हुलाकी सडकमा प्रयोग भएको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको प्रहरीले जनाएको छ ।

स्काभेटरमा कसले आगो लगाएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?