१३ मङ्सिर २०८०, बुधबार

धादिङमा जिल्लाकै सुविधा सम्पन्न होटल बन्दै, यसै बर्ष सञ्चालनमा आउने

२०७४,भाद्र,३०,शुक्रवार १०:५४

0
Shares

विवेक अर्याल / धादिङ, ३० भदौ ।धादिङ जिल्लाको सिद्धलेक गांउ पालिका वडा नं. ४ को आरुवासटारमा धादिङ जिल्लाकै हालसम्मकै सवैभन्दा ठुलो होटल व्यवसाय संचालनमा आउने भएको छ । धादिङ सिद्धलेक ४ का ५ जना युवाहरु मिलेर करिव एक वर्षअघि देखि होटलको निर्माण कार्य थालिएको हो ।सिद्धलेक गांउपालिका र समग्र धादिङ जिल्लाको पर्यटन क्षेत्रलाई विकास गर्ने उद्धेश्यले होटल संचालन गर्न लागीएको हो । हालसम्म जिल्लाकै सवैभन्दा ठुलो र सुविधासम्पन्न होटल संचालनमा ल्याउन लागीएको र करिव एक वर्षको अवधिमा ५० प्रतिसत निर्माण कार्य सकिएको बताईएको छ ।मलेखु भिलेज एण्ड रिसोर्ट बिच क्याम्प नाम दिईएको होटल यसै वर्ष संचालनमा ल्याउनेगरी तयारी थालिएको छ ।पृथ्वी राजमार्गको मलेखु पेट्रोल पम्पदेखि १ किलोमिटर पारी सडक संजालले छोएको आरवासटारको खैरेनी स्थीत त्रिसुली नदि किनारामा करिव १ करोड ५० लाख रकमको करिव २० रोपनी जग्गा खरिद गरी होटलको भवन निर्माण कार्य भैरहेको छ । निर्माण कार्यको लगभग ५० प्रतिसत काम सम्पन्न भैसकेको छ । अव छिटो गरी निर्माण कार्य सम्पन्न हुने र संगसंगै प्राविधिक कार्य समेत अघि वढाईने र यसै वर्षवाट संचालनमा आउने कम्पनिका लगानीकर्ता एंव सिद्धलेक गांउ पालिका वडा नंं ४ का अध्यक्ष रामहरी वराकोटिले बताए ।करिव १० करोड लगानीको आंकलन गरिएको होटल यसै वर्षको माघ देखि संचालनमा आउने छ भने होटलले करिव ३०० जनालाई रोजगारी दिने अर्का संचालक भरतमणि सिल्वालले बताए । होटलमा स्थानिय खाध्य वस्तु र सामाग्रीका परिकार प्रयोगमा ल्याउने वताईएको छ ।नजिकै बगिरहेको त्रिसुली नदिमा होटलले व्यावसायिक रुपमा ¥याफ्टिङ गराउने योजना बनाएको छ । समुन्दि« सतह देखि १७ सय मिटरमाथिको उचाईमा रहेको सिद्धलेक र ढेवालेक डाडांमा हाईकिङ, ट्रेकिङ टुर र त्यहादेखि प्याराग्लाईडिङ र कृषि अवलोकन कार्यको लक्ष राखियको लगानीकर्ता एंव ट्रेकिङ गाईड राममणि सिलवालले बताए ।होटलले त्रिसुली नदिमा मोटरवोट समेत संचालनमा ल्याउने छ । होटलमा २ वटा करिव ५०० जना अट्ने क्षमताको अत्याधुनिक प्रविधियुक्त सेमिनार हल , २० वटा आरामदाई कोठा , १ स्विमिङ पुल वालवालिका लागी वालमैत्री खेल मैदान, युवाहरुको लागी छुट्टाछुट्टै फुटवल भलिवल र क्रिकेट खेल मैदान , बृद्धहरको लागी धार्मिक स्थल र फुलवारी र त्रिसुली नदिको पवित्र जलको स्नान घर समेतको वन्दोवस्त गरिने र भविश्यमा सिद्धलेक डाडांसम्म केवलकार राख्ने लक्ष्य राखियको अर्का लगानीकर्ता एंव पुस्तक व्यवसायि रामशरण सिलवालले बताए ।

प्रकाशित मिति: २०७४,भाद्र,३०,शुक्रवार १०:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विराटनगर । आफ्नो क्षेत्रमा पर्यटक आकर्षित गर्न विभिन्न स्थानमा अनौठो जुक्ति अपनाइने गरेको छ । कतै ठाउँको नामअनुसारका स्तम्भ बनाएर

काठमाडौं । गत शुक्रबार र शनिबार पदयात्राका लागि घान्द्रुक र सिक्लेस पुगेका पर्यटकको व्यवस्थापन गर्न पर्यटन व्यवसायीलाई हम्मेहम्मे पर्‍यो ।

रामेछाप । धार्मिक तथा पर्यटकीय स्थल शैलुङ घुम्न आउने पर्यटकको संख्या क्रमशः बढ्दै गएको छ । रामेछाप र दोलखाको सिमानामा

काठमाडौं । १७० किलोमिटर लामो मञ्जुश्री ट्रेल रेसको तेस्रो संस्करण सुरू भएको छ । शुक्रबार बिहान ६ बजे काठमाडौंको दहचोकस्थित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८