के तपाई पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यी १२ काम गर्नुहोस्

काठमाडौं । तपाई पहिलो पटक डेटिङमा जाँदै हुनुहुन्छ । यदि त्यसो हो भने तपाईको पहिलो डेटिङमा केहि कुरा जान्ने पर्ने हुन्छ । आफ्नो पहिलो पटकको अनुभवलाई स्मरणीय बनाउने हो भने पनि यो उपाय तपाँईका लागि लाभदायक सिद्ध हुन सक्छ ।

साथै तपाँईलाई कुनै पनि सम्बन्ध दिगो र बलियो बनाउने चाहाना छ भने यी उपायहरु तपाँईका लागि औषधी सिद्ध हुन सक्छन् ।

१.पहिलो पटक तपाँई यदि कसैसँग डेटमा जाँदै हुनुहुन्छ भने तोकेको समयभन्दा अगाडि नै आफू त्यहाँ पुग्नुपर्छ ।

२.सकेसम्म पहिलो डेटमा जाँदा कसैलाई कुराउनुहुँदैन ।

३.कुनै रेष्टुरेन्ट तथा वा क्याफेमा भेट्दै हुनुहुन्छ भने साथी आउँदा ढोका खोलिदिनुस् ।

४.उ बस्ने ठाउँ कुर्सीहरु मिलाईदिनुस् ।

५.उ बसिसकेपछि मात्र आफू बस्नुस् ।

६. पहिलो भेटमा अन्य उपहार भन्दा फूल नै उपहारका रुपमा दिनुस् । जसले पहिलो डेट प्रभावकारी बनोस् । फूलले सम्बन्धलाई पनि बास्नादार बनाउन मद्दत गर्छ ।

७. आफ्नो मोवाइल साइलेन्ट मुडमा राख्नुस् ।

८.यदि महत्वपूर्ण कल आएमा उससँग अनुमती मागेर मात्र उठाउनुस् । सकेसम्म छोटो कुरा गर्नुस् ।

९.पहिलो डेटको दिन एकान्त ठाउँ नछान्नुहोस् । केहि मानिसको आवतजावत हुने ठाउँ नै छान्न उपर्युक्त मानिन्छ ।

१०. पहिलो डेटमा जानेहरुले धुम्रपान तथा मध्यपानमा कन्ट्रोल गर्नुहोस् ।

११. खाजा तथा खानेकुराहरु के खाने भनेर सोध्नुहोस् ।

१२. अर्डर गर्दा आफूले मात्र अर्डर नगर्नुहोस् । उसले पनि के खान्छ सोधेर एकैपटक अर्डर गर्दा राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?