उदयपुर : उदयपुरको ताप्लि गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन् । घटना बुधबार साँझको हो । ताप्लि गाउँपालिकाको रामपुरझिल्के इनामेमा सामान पुर्याएर कटारीतर्फ फर्कदै गरेको मे १ ज २६६२ नम्बरको बोलेरो जिप वडा २ धपेनीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ताप्लि २ लेखगाउँका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ताप्लि २ लेखगाउँका ४० वर्षिया रसमाई राई, २७ वर्षीय बाबु राई, ३२ वर्षीय मोतिलाल राई, वडा- १ ओख्लेका २१ वर्षीय कोमलराज मगरलाई उपचारका लागि कटारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया