काठमाडौं । बुढानिलकण्ठमा पैदलयात्रुको ज्यान जाने गरी दुर्घटना गराउने चालक पृथ्वी मल्ललाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक कुमार दाहालको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनले मादक पदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको पाइएको आदेशमा उल्लेख छ ।
गएको मंसिर २८ गते दुर्घटना भएको हो । उक्त कारमा अभिनेत्री परमित राणा रहेको खुलेको छ । राणाले घटना भएको तीन सातापछि फेसबुकमा एउटा स्टाटस लेख्दै कारमा आफू रहेको स्वीकारेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया