कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन २० करोड रुपैयाँ घुस मागेको आरोप

काठमाडौं । झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन प्रक्रिया अगाडि बढाउन २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका छन् ।

झापामा रहेको बीएण्डसी कलेजका सञ्चालक प्रसाईँले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको आरोप लगाएका हुन् ।

प्रसाईँले बीएण्डसीलाई सम्बन्धन माग्दै निवेदन लिएर मंसिर १५ गते चिकित्सा शिक्षा आयोगमा पुगेको र गिरीले त्यही दिन बेलुकी एउटा होटलमा बोलाएर घुस मागेको बताए । ‘उहाँले मलाई द्वारिका होटलमा बोलाएर २० करोड रुपैयाँ माग गर्नु भयो,’ पत्रकार सम्मेलनमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?