बलिउडका तीन खान किन खेल्दैनन् एकैसाथ फिल्म ? सलमानले खोले यस्तो रहस्य

एजेन्सी । बलिउडका तीन लोकप्रिय खान अभिनेताहरु एकैसाथ किन फिल्म खेल्दैनन् ? यो कुराले सबै फ्यानहरुको मनमा खुल्दुली हुने गर्छ ।

सलमान र शहारुख तथा सलमान र आमिरले एकै साथ चलचित्र खेलेका छन् । तर शहारुख खान र आमिरले भने कहिल्यै एकसाथ चलचित्रमा काम गरेका छैनन् ।

उनीहरुका फ्यानहरु प्नि तीन खानहरु नै एकैसाथ एउटै चलचित्र खेलेको हेर्न चाहान्छन् । तर अहिलेसम्म सम्भव हुन सकेको छैन ।

तीन खान नै एउटै चलचित्रमा देखिँदा बजेट अत्याधिक लाग्ने कारणले नै एउटै चलचित्रमा तीन खान खेल्न नसकेको सलमान खानले एक अन्तर्वार्ताका क्रममा भनेका छन् ।

तीन खानको बजेट उठाउन देशमा २० हजार स्क्रीन्सको आवस्यकता पर्ने सलमान बताउँछन् । तर देशमा अहिले ५/६हजार मात्र स्क्रीन्स रहेको कारणले फिल्मको बजेट उठ्न नसक्नाले अहिलेसम्म तीन खानहरुले एउटै चलचित्रमा काम नगरेको सलमान बताउँछन् ।

एक पटक तीनै जनाको स्क्रीप्ट तयार गरेर फिल्म बनाउन लागिएको थियो । तर उनीहरुले नै एकसाथ फिल्म खेल्न नमानेको कारण चलचित्र बन्न सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?