विकासलाई पारदर्शी एवं प्रभावकारी बनाउनु पर्छ : राज्यमन्त्री रावत

सुर्खेत । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले विकास निर्माणलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

संघीय संरचना अनुरुप अधिकार र बजेट स्थानीय तहमा आएको भन्दै त्यसको पारदर्शी एवं प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका हुन् ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित जिल्ला समन्वय समितिको तेस्रो जिल्ला सभाको उद्घाटनपछि बोल्दै राज्यमन्त्री रावतले विकास अवका लागि अब केन्द्र सरकारको मुख ताक्नुपर्ने अवस्था नरहेको बताए ।

संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारलाई बजेट र अधिकार भएकाले अब केन्द्र सरकारले मात्रै के ग¥यो भनेर वस्ने दिन नभएको राज्यमन्त्री रावतको भनाइ छ ।

‘अहिले तीन तहका सरकारसंग बजेट र अधिकार छ’ जिल्लासभाका सदस्यका रुपमा उपस्थित स्थानीय सरकारका प्रमुख उपप्रमुखहरुलाई इंगित गर्दै उनले भने,‘अब केन्द्र सरकारले के ग¥यो भन्ने मात्रै होइनकी हामीले के ग-यौँ भनेर हेर्न आवश्यक छ ।’

जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्द्धेलले जिल्ला समन्व समितिलाई निर्वाचित भएको तीन बर्ष पुगिसक्दा पनि काम, कर्तव्य र अधिकारबारे प्रष्ट नभएकोले भूमिका विहिन भएको बताए ।

उनले आगामी दिनमा समितिले स्थानीय तहले सञ्चालन गर्ने ५० लाख भन्दा माथिका योजनाको स्थानीय तहहरुसंग समन्वयगरी अनुगमन गर्ने बताए । हाल समितिले स्थानीय तहहरु र प्रशासनिक निकायबीच समन्वयको काम गरिरहेको संयोजक सिग्द्धेलले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजु नेपाली, सीता नेपाली, पद्मा खड्का, ठम्मर बिष्ट, अमृता शाही लगायतले जिल्ला समन्वय समितिलाई आवश्यक भूमिका दिनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?