माछापुछ्रे बैंकद्वारा ग्राहक सेवा केन्द्र सञ्चालन, यस्ता छन् सुविधा

कठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकरुलाई नयाँ सेवाको शुरुवात गरेको छ । बैंकले ‘माछापुछ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले अन्तराष्ट्रिय स्तरको प्रविधीमा आधारित एस आईपी पीबिएक्समा भएको आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्डसहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याइएको  जनाएको छ ।

जस अन्तर्गत ग्राहकहरुले विभिन्न सामाजिक सञ्जालमार्फत माछापुछ्रेको उक्त सेवामा आवद्ध हुन सक्नेछन् । जसको कारण देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान( प्रदान गर्नको लागि उक्त प्रविधिले सहयोग पुर्याउने विश्वास बैंकले लिएको छ । त्यसको लागि ग्राहकहरुले ०१५९७०५५५ मा सम्पर्क गरि आफुलाई आवस्यक पर्ने बैंकिङ्ग कारोबार सम्बन्धी जुनसुकै जानकारी प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै उक्त नम्बरमा सम्पर्क गरि ग्राहकहरुले सेवाु सुविधाको मात्र जानकारी नभएर सूचना प्राप्त गरि गुनासाहरु समेत दर्ता गर्न सक्नेछन् ।

मुलुकभर हाल बैंकले आफ्नो सञ्जाल विस्तार गरि १४५ शाखा कार्यालय मार्फत सेवा प्रदान गरिरहेको छ ।  त्यस्तै बैंकको देशभर १३८ शाखारहित बैंकिङ्ग सेवा, १७९ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?