काठमाडौं । समाचार संकलनका क्रममा जनकपुर उप–महानगरपालिकाका मेयर लाल किशोर साहले आफ्ना सहयोगी तथा नगरप्रहरी प्रयोग गरी पत्रकारमाथि गरेको कुटपिट घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघले प्रेस विज्ञप्ती जारी गर्दै सूचना संकलनका लागि मेयरको कार्यकक्षमा पुगेका पत्रकारहरुमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटना प्रेस स्वतन्त्रताको ठाडो उल्लङ्न भएको ठहर गरेको छ ।
महासंघ यस घटनाको भत्र्सना गर्दै, सत्यतथ्य छानविन गरी दोषीमाथि हदैसम्मको कारबाही गर्नुका साथै पत्रकारको पेशागत सुरक्षाको प्रत्याभूती गर्न सरकारसंग जोडदार माग गर्दछ विज्ञप्तीमा उल्लेख गरेको छ ।
विश्व सम्पदा सूचिमा सूचिकरणका लागि सिफारिस गरिएको जानकी मन्दिरको जग्गा अतिक्रमण भएको विषयमा आज मेयर साहसंग प्रतिकृया लिन पुगेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, उज्यालो अनलाईन डटकमका पत्रकार सुवास कर्ण, देश सञ्चार डटकमका पत्रकार राजा झामाथि कुटपट भएको थियो । त्यस्तै कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुरलाई अपशब्द बोल्दै दुर्व्यवहार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया