जनकपुर । जनकपुर उपमहानरपालिकाको कार्यालयमा रिपोर्टिङका लागी गएका पत्रकारहरुमाथि निर्घात कुटपिट भएको छ ।
उपमहानगरपालिकाका मेयरका समर्थकहरुले पत्रकारहरुमाथि कुटपिट गरेका हुन्।
मेयरकै कार्यकक्षमा पत्रकारमाथि कुटपिटबाट भएको हो । तीन जना पत्रकार घाइते भएका छन् ।
मंगलबार जानकी मन्दिरको जग्गा अतिक्रमण सम्बन्धमा मेयर लालकिशोर साहसँग कुराकानी गर्न गएका पत्रकारहरुमाथि उनका समर्थकहरुले आक्रमण गरेका हुन् ।
कुटपिटबाट पत्रकारहरु अमरकान्त ठाकुर, सुभाष कर्ण र राजा झालाई चोट लागेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले बताए ।
पत्रकारहरुले जनकपुरमा रहेको जानकी मन्दिर विवादको विषयमा बुझ्न खोजेका थिए । मेयर साहले उक्त विषयमा केही नबोली नगरप्रहरीलाई कुट्न निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया