काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल आगामी फागुनमा सकिन लागेको छ । तर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अर्थमन्त्री खतिवडालाई उम्मेद्वार बनाएको छैन् । त्यससँगै उनको कार्यकालले निरन्तरता पाउँछ या पाउँदैन भन्ने कुराले यतिबेला बजार तातेको छ । खतिवडा अर्थमन्त्रीको रुपमा आगमनसँगै शेयर बजारमा आएको गिरावटसँगै उनको चौतर्फी आलोचना समेत भएको थियो ।
पार्टीले राष्ट्रिय सभा सदस्यको उम्मेद्वार नबनाएपनि जुन प्रक्रियाबाट नियुक्त भएका थिए सोही प्रक्रियाबाट आउन भने सक्ने कानुनी प्रावधान रहेको छ । यस कार्यकालमा उनी राष्ट्रपतिबाट मनोनित भइ राष्ट्रिय सभा सदस्य भएका थिए । त्यस्तै पुनः उनलाई नै मनोनित गरि ल्याउनको लागि पार्टीले उम्मेद्वार नबनाएको हुनसक्ने विज्ञहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया